शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपति पौडेलद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

राष्ट्रपति पौडेलद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

  • शुक्रबार, पुस २७, २०८०
राष्ट्रपति पौडेलद्वारा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिन्छ । सो अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।

विक्रम संवत् १७७९ मा जन्मिएका पृथ्वीनारायण शाहको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार