सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रेस चौतारी नेपाल बाजुराको पूर्ण बैठक मार्तडीमा सम्पन्न

प्रेस चौतारी नेपाल बाजुराको पूर्ण बैठक मार्तडीमा सम्पन्न

  • आइतवार, पुस २२, २०८०
प्रेस चौतारी नेपाल बाजुराको पूर्ण बैठक मार्तडीमा सम्पन्न

बाजुरा —प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराको पूर्ण बैठक सम्पन्न भएको छ । आइतबार प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराको आयोजनामा विविध बिषयमा छलफल गर्न पूर्ण बैठकको आयोजना गरेको हो ।

प्रेस चौतारी नेपाल बाजुराका आगामीे जिल्ला अधिवेशन, संगठनले विगतमा गरेका गतिविधिको समिक्षा र आगामी योजना लगायतका बिषयमा पूर्ण बैठकमा छलफल भएको प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष मदन विकले बताएका छन । उक्त पूणर् बैठकमा स्थानिय तहका जनप्रतिनिधिसंग समन्वय बैठक, रिक्त रहेको उपाध्यक्ष पदमा महेश कार्कीलाई मनोनित र माघ २२ गते स्थापना दिवस मनाउने लगायतका निणर्य गरिएको सचिव रमित विकले बताए ।

प्रेस चौतारी नेपाल बाजुराको पूर्ण बैठकको प्रमुख अथितिको रुपमा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापाले समाज भड्काउने र विथोल्ने गतिविधिका विरुद्धमा कलम चलाउदै नागरिकलाई सूसुचित गर्ने कार्यमा सधैं क्रियासिल र अग्रसर हुनुपर्ने बताएका छन । अहिलेको गठबन्धन सरकारका अनैतिक क्रियाकलाप र बर्तमान समाजमा दिनप्रतिदिन बढिरहेका विकृति विसङगतिका विरुद्ध पत्रकारले निश्पक्ष तवरले सशक्त रुपमा आवाज उठाउँदै कलम चलाउनु पर्नेमा नेता थापाले जोड दिए ।

त्यसैगरि अहिलेको गठबन्धन सरकारले गठबन्धन नगरे हाम्रो नामनिसाना र राजनितिक इतिहास समाप्त हुन्छ भनेर प्रतिपक्ष दल एमाले पार्टीलाई घेराबन्दीमा पारेको एमाले केन्द्रीय सदस्य थापाले आरोप लगाए । पूर्ण बैठकमा बोल्दै एमालेले एतिहासिक काम गरेकाले जनताको रोजाइमा पहिलो पार्टी भएको तर अंक गणितिय हिसाबले मात्रै दास्रो पार्टी बनेको थापाले प्रष्ट पारे । त्यस्तै जनताले सोचेका कुरा नहुने, संविधान अनुसार देश नचलेको तथा राजनितिक स्थायित्वका लागि बलियो शक्ति आवश्यक भएकाले नेकपा एमालेले मिसन ८४ संगै विभिन्न अभियान चलाइरहेको केन्द्रीय थापाले बताए ।

त्यस्तै पूर्ण बैठकमा बोल्ने वक्ताहरुले सञ्चार माध्यमहरु पछिल्लो समय विस्थापित हुदै गइरहेकाले सञ्चार माध्यम र सञ्चारकर्मीको स्थायित्व, दिगोपना र जोगाइ राख्नका लागि लाग्नुपर्नेमा जोड दिएका थिए । प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सुरु भएको पूर्ण बैठकमा प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेको थिए ।

त्यसै गरि बिशिष्ट अथितिमा नेकपा एमाले बाजुराका प्रचार प्रसार विभाग प्रमुख काशी विक रहेका थिए भने अथितिमा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा, प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाध्यक्ष पदम बहादुर सिंह, बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, नेकपा एमाले जिल्ला कमिटि सदस्य तुलाराम जैशी, प्रेस चाैतारी नेपालका नेता मदनराज जैशी लगायत प्रेस चौतारी नेपाल बाजुरामा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रेस चौतारी नेपाल बाजुराका उपाध्यक्ष कालीका उपाध्यायले स्वागत मन्तव्य राखेको पूणर् बैठकको सञ्चालन सचिव रमित विकले गरेका थिए । पूर्ण बैठक बडिमालिका नगरपालिकाको सभाहलमा भएको हो ।

 

May be an image of 14 people and text

चर्चामा

सम्बन्धित समाचार