मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अमरगढीलाई स्मार्टसिटी बनाउन ९१ करोड बजेट विनियोजन

अमरगढीलाई स्मार्टसिटी बनाउन ९१ करोड बजेट विनियोजन

  • शुक्रबार, पुस २०, २०८०
अमरगढीलाई स्मार्टसिटी बनाउन ९१ करोड बजेट विनियोजन

डडेल्धुरा— नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप डडेल्धुरा सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन गरेको छ।

अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड विनियोजन गरिएको छ। २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना तयार गरिएको थियो।

नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले अमरगढी स्मार्टसिटी अन्तर्गत बागबजार–टुँडिखेल–हस्पिटल–रिङ रोड र लिङ्क रोडहरू गरेर १६ दशमलव ८४४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर मोनिका महर्जनले बताए।

स्मार्ट सिटी अन्तर्गत अमरगढी नगरपालिकामार्फत उग्रतारा मन्दिर, घटालथान, रावतोली विशकुटी गुफा क्षेत्रमा केही रकम खर्च गरेर पूर्वाधार निर्माणका काम गरिएको छ। स्मार्टसिटी योजना निर्माणका लागि विनियोजन भएको बजेटबाट केही थप पूर्वाधारहरू निर्माणको काम भइरहेको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार