बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रियसभा चुनाव: बाजुराका १० सहित सुदूरपश्चिमबाट काँग्रेसका ८२ जनाको नाम सिफारिस

राष्ट्रियसभा चुनाव: बाजुराका १० सहित सुदूरपश्चिमबाट काँग्रेसका ८२ जनाको नाम सिफारिस

  • बुधबार, पुस १८, २०८०
राष्ट्रियसभा चुनाव: बाजुराका १० सहित सुदूरपश्चिमबाट काँग्रेसका ८२ जनाको नाम सिफारिस

बाजुरा— माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले बाजुराका १० जना सहित सुदूरपश्चिमबाट काँग्रेसका ८२ जनाको नाम पठाइएको छ। नेपाली काँग्रेस प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि मंगलबार ८२ जनाको नामावली सिफारिस गरी पठाएको हो।

९ वटै जिल्ला तहबाट सिफारिस भएर आएका नामावलीलाई प्रदेश समितिले पनि जस्ताको त्यस्तै केन्द्रीय समितिलाई पठाएको नेपाली काँग्रेसले जनाएकाे छ । सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुन महिनामा सकिँदैछ। नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी कञ्चनपुरकी इन्दु कडरियाको पदावधि सकिन लागेको हो।

उनीहरूको रिक्त हुने स्थानमा पदपूर्तिको लागि नेपाली काँग्रेसले सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिस गरेको छ। सबैभन्दा बढी कैलाली जिल्लाबाट १६ जनाको नाम सिफारिस गरिएको छ। त्यस्तै अछामबाट १४, डाेटीबाट ११, बाजुराबाट १० जना, कञ्चनपुरबाट ८ जना, बैतडीबाट ८ जना, दार्चुलाबाट ९ जना, डडेल्धुराबाट ५ जना र बझाङबाट १ गरि कुल ८२ जनाकाे नाम सिफारिस गरेकाे छ ।

रिक्त हुने स्थानमा पदपूर्तिको लागि माघ ११ मा निर्वाचन हुँदैछ। तर सत्तारूढ गठबन्धन दलहरूबिच अझै सिट सङ्ख्या बाँडफाँटबारे ठोस निर्णय भइसकेको छैन। आ–आफ्नो दलबाट सम्भावित उम्मेदवार छनोट कार्य अगाडि बढाएका हुन्। पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ। दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार