बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली काग्रेँस बडिमालिका नगर कार्यसमितिद्धारा विचार आदान प्रदान

नेपाली काग्रेँस बडिमालिका नगर कार्यसमितिद्धारा विचार आदान प्रदान

  • सोमवार, पुस १६, २०८०
नेपाली काग्रेँस बडिमालिका नगर कार्यसमितिद्धारा विचार आदान प्रदान

बाजुरा– नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले आयोजना गरेको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विचार आदान प्रदान कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।  साेमबार सदरमुकाम मार्तडीमा आयाेजित कार्यक्रममा बाेल्ने बक्ताहरुले समार रुपान्तरण हुन सबै दलहरु एक हुनुपर्ने हुनुपर्ने बताएका छन ।   समाज रुपान्तरण  गर्न सबै राजनितक दल र समाजमा सबैले  एकता र मेलमिलापको निती अपनाउनु पर्नेमा जोड दिएको छ ।
नेपाली काँग्रेसका पुर्व पाटी उप सभापति देवबहादुर रोकायाले मेलमिलापको नितीले समाज रुपान्तरण समाजको विकासमा फड्को मार्ने बताएका छन् । उनले सचेत नागरिकले एकता र मेलमिलापलाई सत्मार्ग लैजानका कार्यान्वयनमा जोड दिए । नेकपा समाजवादी जिल्ला उप सचिव दीर्घराज पाध्यायले समाजमा दलहरुलेगलत कार्यको संरक्षण नगन आग्रह गरेका छन् । उनले अहिलेका युवाहरु समाज रुपान्तरणमा व्यवाहरिक नएको जिकिर गरेका छन् । व्यवस्था लोकतन्त्र भएपनि अभ्यास कु संस्कार भएकाले प्रति चिन्ता व्यक्त गरे ।
नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले दलहरुले परिवर्तन चाहने हो,भने एकता आश्वयक रहेको बताए । उनले विकास निर्माण र समाज रुपान्तरणमा राष्ट्रिय सामुहिक एकचा आवश्यक रहेको औल्याएका छन् । देश बनाउनु भन्दा व्यक्ति बन्ने प्रवृतिका कारण विकास निर्माणले फड्को नलिएको पाध्यायले भने ।
विचार आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ख का कोषाध्यक्ष जनक रोकाया,नेविसंघ बाजुरा अध्यक्ष जनक थापा,प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य लक्ष्मीराज पाध्याय र प्रेस युनियन बाजुरा अध्यक्ष संगिता तिमिल्सेनाले आफ्ना विचार राखेका थिए ।
नेपाली काँग्रेसका जननायक विपी कोइरालाले ल्याएको मेलमिलाप नितीलाई आत्मसाथ गरेर अघि बढे देश निर्माण हुनेमा विश्वास गरिएको छ ।
नगर कार्य समिति सभापति गोपाल कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाली काँग्रेस पुर्व पार्टी उप सभापति देवबहादुर रोकाया प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा नेकपा सामजवादी बाजुरा उप सचिव दीर्घराज पाध्याय,नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्याय,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मनबहादुर वि.क. विशिष्ट अतिथी रहेका थिए ।
यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देवबहादुर रोकाया,प्रदेश ख का कोषाध्यक्ष जनक रोकाया,पार्टीकी नेतृ दीपा बोहरा,पार्वती जोशी, गौमसल गाउँ कार्य समिति सभापति राजबहादुर धाम,नेविसंघ केन्द्रीय सदस्य भरत बुढा,जिल्ला अध्यक्ष जनक थापा लगायत अतिथी रहेका थिए ।
नेविसंघ बाजुराका सदस्य बलबहादुर खड्काले संचालन गरेका हुन् । मेलमिलाप तथा राष्ट्रिय एकता विचार आदान प्रदान कार्यक्रम नगर कार्य समितिको पार्टी कार्यालयमा भएको हो ।

चर्चामा

सम्बन्धित समाचार