आइतवार, असार २८, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • गृहमन्त्रीलाई सांसदको सुझाव : अब तपाईं तत्काल राजीनामा दिनुस्

गृहमन्त्रीलाई सांसदको सुझाव : अब तपाईं तत्काल राजीनामा दिनुस्

  • सोमवार, पुस १६, २०८०
सेयर गर्नुहोस् :
गृहमन्त्रीलाई सांसदको सुझाव : अब तपाईं तत्काल राजीनामा दिनुस्

काठमाडौँ— सांसद राजेन्द्र राईले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बालकुमारी घटनाबारे राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले मन्त्री श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन् ।

‘मेरो भिन्न कुरा छ । यो घटना के घट्यो कसरी घट्यो भन्ने दुनियाँले देख्यो । समिति पनि बनाउनुभयो । तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अव तपाई राजीनामा दिनुस्’, सांसद राईले भने, ‘सबैभन्दा राम्रो कुरा तपाई दिनुस्, दिनैपर्‍यो ।’ उनले युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिएर कसले दिन्छ भन्दै प्रश्न गरे ।

उनले तोडमोड गरेर कुरा राख्न नमिल्ने भन्दै समस्या सिर्जना भएपछि समाधान गर्ने कि ठाउँका ठाउँ गोली हान्ने भन्दै सरकारलाई प्रश्न गरे । ‘ठाउँका ठाउँ गोली हानेर मार्न कहाँ मिल्छ । तपाईंले मुलुक चलाउन सक्नुभएन । सबैतिर असन्तुष्टि छ । के भएर यो भयो ? तपाईंले सुशासन दिएर हो त ? ’ सांसद राईको प्रश्न छ ।

मन्त्री श्रेष्ठले तत्काल राजीनामा दिएपछि समस्या समाधान हुने भन्दै उनले प्रहरीको कार्यशैलीमाथि समेत प्रश्न उठाए । उनले प्रहरीले साधन स्रोत छैन भनेर पन्छिन नमिल्ने पनि बताए ।

चर्चामा

सम्बन्धित समाचार