आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • महिला क्रिकेटमा सुदूरपश्चिमको लगातार चौथो जित

महिला क्रिकेटमा सुदूरपश्चिमको लगातार चौथो जित

  • बुधबार, पुस ११, २०८०
महिला क्रिकेटमा सुदूरपश्चिमको लगातार चौथो जित

काठमाडौं —प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार चौथो जित हात पारेको छ । त्यस क्रममा उसले आज बुधबार मधेश प्रदेशलाई ५ विकेटले हरायो । यो मधेशको चौथो हार हो ।

मूलपानी मैदानमा मधेशले दिएको ८३ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाउँदै भेट्टायो ।

सुदुरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २६ रन बनाइन् । उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । सम्झना खड्काले २१ बलमा ३ चौकासहित २१ रन बनाइन् ।

रुबी पोदार १० र लक्ष्मी साउद ९ रनमा अविजित रहे । अन्तिम २ बलमा एक रन चाहिएको अवस्थामा साउदले चौका हान्दै टिमलाई जिताइन् ।

मधेशका लागि साक्षी यादव र कविता गौतमले समान २/२ विकेट लिए । पूजा महतोले १ विकेट लिइन् ।

टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो ।

उसका लागि पूजा महतोले सर्वाधिक २७ रन बनाइन् । उनले ३१ बलमा ४ चौका प्रहार गरिन् । साना प्रविनले १९ र रोजी कडारीले १० रन बनाइन् । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ४ विकेट लिइन् । जानकी थापा र कविता जोशीले समान १/१ विकेट लिइन् ।

सुदूरपश्चिम यसअघि एपीएफसँग ९ विकेटले पराजित भएको थियो । यो उसको हालसम्मको एक मात्र हार हो । त्यसपछि सुदूरपश्चिममले लुम्बिनीलाई ९ विकेट, कर्णालीलाई ८१ रन र बागमतीलाई ६ विकेटले पराजित गरेको थियो ।

मधेश बागमतीसँग २८ रन, एपीएफसँग १० विकेट र कोशीसँग ६० रनले पराजित भएको थियो । उसले गण्डकीलाई भने २७ रनले हराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार