शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रुकुम पश्चिमको आठबीसकोटमा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रुकुम पश्चिमको आठबीसकोटमा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

  • बिहिबार, पुस ५, २०८०
सेयर गर्नुहोस् :
रुकुम पश्चिमको आठबीसकोटमा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । गएराति साढे १० बजेको समयमा आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आठबीसकोट-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्।

आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको गएराति नै उद्धार गरिएको छ।

दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर आठबीसकोटमा रहेको अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। हाल घाइतेको त्यही अस्पतालमा उपचार भइरहेको छ। उपचाररत घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार