शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका अधिकांश ग्रामिण सडक मर्मत अझै भएनन्

बाजुराका अधिकांश ग्रामिण सडक मर्मत अझै भएनन्

  • मङ्लबार, पुस ३, २०८०
बाजुराका अधिकांश ग्रामिण सडक मर्मत अझै भएनन्

बाजुरा —बाजुराका अधिकांश स्थानिय तहका ग्रामिण सडकहरु दशै तिहार सकिएको दुई महिना बढि बितिसक्दा पनि अहिलेसम्म खुल्न सकेका छैनन् । बर्षातमा अवरुद्ध भएका जिल्लाका विभिन्न ठाउँका ग्रामिण सडक पौष महिनासम्म पनि सञ्चालनमा नआएको पाइएको छ ।

जिल्लाका विभिन्न ठाउँका बजारबाट गाउँसम्म जाने ग्रामिण सडक अहिलेसम्म नखुल्दा आवत जावत तथा दैनिक उपभोग्य सामान ढुवानी गर्न सास्ती भइरहेको स्थानियहरुले गुनासो गरेका छन । जिल्लाको बल्दे आटिचौर जोड्ने सडकमा बर्षाले कतै भत्काएको छ भने जताततै खाल्डा खुल्डीले दुर्घटनाको जाखिम रहेको सवारी चालकहरुले बताएका छन ।

त्यस्तै बुढिगंगा नगरपालिका ९ का ग्रामिण सडकहरुमा पनि बर्षाले पारेका खाल्डा खुल्डी नपुर्दा तथा भत्किएका स्थानमा मर्मत नहुँदा समस्या भइरहेको त्याँहाका स्थानियहरुले बताएका छन । वडा कार्यालय हुदै भराडा गाउँ, बदेडा हुदै जयवागेश्वरीसम्म र कुवागडा बयालचाका किमुगाउँ हुदै देवलसैन जाने सडक र त्यहिबाट त्रिशक्ती सम्मको सडकका खाल्डा खुल्डी नपुरेकाले सवारी सञ्चालन तथा आवत जावतमा समस्या भइरहेको स्थानियहरु बताउने गरेका छन ।

यस बिषयमा वडा अध्यक्ष मिन बहादुर सिंहले भने आफूले बारम्बार नगरपालिकालाई तोकता गर्दा पनि डोजर चालक बिदामा रहेकाले अहिले सम्म सडक संचालनमा समस्या भएको बताए । ग्रामिण सडकहरु बर्षातले अवरुद्ध भएर विभिन्न ठाउँमा स्थानियहरुले आफैं बनाएर कहिले काहिँ सावारी चल्ने भए पनि सहज रुपमा भने सञ्चालन नहुने गरेको स्थानियबासीहरुको भनाई छ ।

बर्षातमा अवरुद्ध ग्रामिण सडकहरुको सफाइ तथा विस्तार नहुँदा सवारी दुर्घटना हुने डरले जोखिमपूणर् यात्रा गनुपर्ने बाध्यता रहेको स्थानिय विर बहादुर बुढाले बताए । उनले भने गाउँमा आफै गाडी जादैन, हामीलाई आवत जावत गर्न र सामान ढुवारी गर्न बाध्य नै हुन्छ त्यसैले महंगो रुपैयामा बुकिङ गरेर जानुपर्ने बाध्यता रहेको बताए ।

दुर्घटनाको डरले आफै सवारी नजाने यात्रुले जवरजस्ती गरेर जानुपर्ने भएमा महंगो भाडा दिन यात्रु भएका छन । बर्षात पछिको दशै तिहार सकिएपनि बाजुराका जनप्रतिनिधिलाई दशै तिहार नसकिएको संज्ञा दिदै कसैले ध्यान नदिएको नागरिक अगुवाहरुले बताउने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार