शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

  • आइतवार, पुस १, २०८०
कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

कञ्चनपुर —कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर स्थित पुर्बपश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिएको हो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाईते मोटरसाइकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान) र १३ वर्षका बालकृष्ण अवस्थी उपचार पछि डिस्चार्ज भएका छन्। बस र बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार