आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • यू-१९ एसिया कप: फाइनलमा पुग्नका लागि यूएईले दियो पाकिस्तानलाई १९४ रनको लक्ष्य

यू-१९ एसिया कप: फाइनलमा पुग्नका लागि यूएईले दियो पाकिस्तानलाई १९४ रनको लक्ष्य

  • शुक्रबार, मंसिर २९, २०८०
यू-१९ एसिया कप: फाइनलमा पुग्नका लागि यूएईले दियो पाकिस्तानलाई १९४ रनको लक्ष्य

काठमाडौं —यूएईमा जारी एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा आयोजक यूएईले पाकिस्तानलाई १९४ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित ओभल २ मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको यूएईले ४७ । ५ अ‍ोभरमा अलआउट हुँदै १९३ रन जोड्यो । उसका लागि कप्तान आयन अफ्जाल खानले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आयंश शर्माले ४६, इथान सौजाले ३७ र ध्रूव परासर र टेनिस सुरीले समान १२ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका एवैध साह एक्लैले ४ विकेट लिए । त्यस्तै अलि अस्पाद र आराफ्त मिनासले समान २ विकेट लिए ।

यो खेलको विजेताले भारत र बंगलादेशबीचको खेलका विजेतासँग उपाधिका लागि भिड्नेछ ।

चर्चामा

सम्बन्धित समाचार