बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

  • सोमवार, मंसिर २५, २०८०
कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

धनगढी— कैलालीमा मोटरसाइकल दुर्घटना हुदा सोमवार एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनी स्थित पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको से ३ प १४१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो।

उक्त दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका–१३ का ४५ वर्षीय कुते सार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सार्कीलाई अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेका थिए। मोटरसाइकलमा पछाडी सवार रहेका एक जना घाइते भएका छन्।

दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोहि ठाउँकै ३९ वर्षीय तेजबहादुर सार्कीको सेती अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार