बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १ गतेबाट सञ्चालन हुने

बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १ गतेबाट सञ्चालन हुने

  • आइतवार, मंसिर २४, २०८०
बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १ गतेबाट सञ्चालन हुने

बाजुरा —बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष १ गतेबाट सञ्चालन हुने भएको छ ।
आज नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरुबिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष १ गते आइतबारबाट सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्रानुसार आगामी पौष १५ गते भित्र नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरि खेलाडी छनौट गरि सक्नु पर्ने जनाएको थियो । सोहि अनुसार मंसिर २१ गते बसेको नगर खेलकुद विकास समितिको बैठकले नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १ थते बिहान ९ बजेबाट सुरु हुने प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटाले बताएका छन ।

उक्त नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  यस बर्ष पनि वडा नंः ८  मा रहेको मालिका माविमा सञ्चालन हुने भएको  छ । उक्त प्रतियोगीतामा कक्षा ९ देखि १२ मा अध्ययनरत १८ बर्ष मुनिका खेलाडी बिद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउनु पर्ने प्रकाशित सुचनामा उल्लेख गरिएको छ । त्यस्तै संलग्न फारम भरेर यहि मंसिर २९ गतेसम्म विद्यालयका खेलकुद शिक्षकमार्फत शिक्षा युवा तथा खेलकुद शाखामा बुझाउन सम्बन्धीत सबै विद्यालयलाई नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ ।

प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलकुद सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

May be an image of ticket stub and text

चर्चामा

सम्बन्धित समाचार