• होमपेज
  • समाज
  • कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

  • आइतवार, मंसिर २४, २०८०
कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी— कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–८ स्याउलेमा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ०१००१ ह ३४८४ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक करिब ३४ वर्षीय चक्र सार्कीको मृत्यु भएको भएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा शनिबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार