बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • फोहोरको डङगुरमा सञ्चालन जयबागेश्वरी स्वास्थ्य चौकी

फोहोरको डङगुरमा सञ्चालन जयबागेश्वरी स्वास्थ्य चौकी

९ बर्ष सम्म पनि बनेन स्वास्थ्य चौकिको भवन

  • शुक्रबार, मंसिर २२, २०८०
फोहोरको डङगुरमा सञ्चालन जयबागेश्वरी स्वास्थ्य चौकी

बाजुरा– बाजुराको खप्तडछेडेदह गाउँपालिका २ मा रहेको जयबागेश्वरी स्वास्थ्य चौकी फोहोरको डङगुरमा सञ्चालन भइरहेको छ । पुरानो थोत्रो भवनमा अब्यबस्थित तरिकाले स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ । सुत्केरी गराउने बेड, कोठा पुरै धुलो र फोहोरले भरिएको छ ।
एकातिर सुत्केरी गराउने बेडमा खिया लागेको छ, अर्कोतिर भने पुरै फोहोर रहेको स्थानियले वताएका छन् । भवन अभाव हुदा चेकजाँच गर्ने कोठा, स्टोर कोठा र बिरामीको उपचार गर्ने कोठामा भवन जिर्ण सँगै धुलाम्मे र फोहोर थुप्रिएको छ ।
साविकको जयबागेश्वरी गाबिसमा रहेको वडा नम्बर २ मा ५ सय बढी परिवारको उपचार गर्ने एक मात्र स्वास्थ्य चौकी हो । स्वास्थ्यकर्मीले भने भवन पुरानो र जिर्ण भएकाले समस्या भएको वताएका छन् ।
स्वास्थ्यका क्षेत्रमा उक्त पालिकामा स्वास्थ्य कार्यालय बाजुरा, गाउँपालिका र धेरै गैरसरकारी संस्थाले काम गरेको भए पनि साे स्वास्थ्य चाैकीमा भने कसैकाे ध्यान नगएकाे पाइएकाे छ । अर्कोतिर पालिकाले पनि धेरै रकम स्वास्थयमा खर्च गरेको छ, स्वास्थ्य चौकीको हालत यस्ताे हुँदा लाजमर्दो रहेको स्थानियले वताएका छन् ।
भवन निर्माण नहुदा स्वास्थ्य चौकि जिर्ण भवनमा सञ्चालन भइरहेको छ, एक स्वास्थ्यकर्मीले वताएका छन् । पुरानो चुहिने घरमा बिरामीको उपचार भइरहेको छ । प्रसुति सेवा देखी उपचार चेकजाँच एउटै कोठामा गर्नुपरेको उनले वताएका छन् । स्थानिय धर्म बुढाले भने पटक पटक हामिले चाँडो बनाउनका लागि कुरा गरयौ, स्थानिय तह प्रशासनलाई भन्दा पनि भवन निर्माणमा वेवास्ता भइरहेको वताए । साे स्वास्थ्य चाैकी भवन अलपत्र रहेकाे वडा अध्यक्ष भक्त बहादुर बुढाले स्विकार गरेका छन ।
निर्माण शुरु भएको ९ बर्ष सम्म पनि बन्न सकेको छैन् । २०७२ साल मंसिर १३ गते २ बर्षमा काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि ९ बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको स्वास्थ्य चौकीले जनाएको छ ।
१ करोड ६९ हजार १६ हजार ५ सय ३२ रुपैयामा यम.के‍‍.देबि सिंह जे.भि धनगढीले सम्झौता गरेर काम शुरु गरेको थियो । काम गर्ने सम्पर्क ब्यक्ति भने त्यहाँका स्थानिय बम बहादुर शाही रहेको कार्यलयले जनाएको छ । सम्झौताका बेला २०७४ मंसिर १३ गते सम्पन्न गर्ने गरि भएको थियो । तर ठेकेदारको लार्पवाहिका कारणले अहिले सम्म पनि काम सम्पन्न नभएको पाईएको छ ।
भवन निर्माण संघिय सरकार अन्तर्गत सघन सहरि तथा भवन निर्माण आयोजना राजपुर डोटी बाट काम शुरु भएको हो । कार्यलयका एक कर्मचारीका अनुसार काम गर्ने ठेकेदारले व्यवास्था गरेका कारण भवन निर्माण अलपत्र रहेको वताएका छन् । हामीले पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरेको कार्यलयले जनाएको छ । हामी पनि भन्दा भन्दा थाकि सक्यौ, ठेकेदार पनि काम गर्दैन्न, न कार्यवाही हुन्छ न केही एक कर्मचारीले वताए ।
सघन सहरि तथा भवन निर्माण आयोजना कार्यलयले चार पटक म्याद थप गर्दा पनि काम नगरेको जनाएकाे छ । तिन पटक म्याद थप गर्दा पनि काम नभएपछि अहिले २०७९ असार मसान्त सम्म काम सम्पन्न गर्ने गरि म्याद थप गरेको सघन सहरि तथा भवन निर्माण आयोजना कार्यलयका सब इन्जिनियर मदन भट्टले वताए । ठेकेदार स्थानिय छन्, तर पनि काममा वेवास्ता गरिरहेको सब इन्जिनियर  भट्टले वताए।
जयबागेश्वरी स्वास्थ्य चौकि साबिकको जगबागेश्वरी गाबिसको उपचार गर्ने एक मात्र स्वास्थ्य चौकि रहेको छ । दैनिक उपचारका लागि २० जना भन्दा बढी आउने गरेको स्वास्थ्य चौकिले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार