शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • फुटबल
  • इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

  • बिहिबार, मंसिर २१, २०८०
इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल गरेको छ । गएराती भएको खेलमा चेल्सीलाई २–१ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी बनेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल स्कट म्याक टोमिनीले गरेका थिए । उनले खेलको १९औँ र ६९औँ मिनेटमा गोल गरेका थिए । चेल्सीका कोल पाल्मरले एक गोल फर्काएका थिए ।

यो जितसँगै म्यानचेस्टर युनाइटेडको १५ खेलबाट २७ अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ । पराजित भएको चेल्सी १९ अंकसहित १०औँ स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार