सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सरकारबाट बाहिरिदा देशमा भ्रष्टाचार र अस्थिरता फैलियो – अध्यक्ष ओली

एमाले सरकारबाट बाहिरिदा देशमा भ्रष्टाचार र अस्थिरता फैलियो – अध्यक्ष ओली

सरकार अपराधीलाई संरक्षण गर्ने बाटोमा लाग्यो

  • शनिबार, मंसिर १६, २०८०
एमाले सरकारबाट बाहिरिदा देशमा भ्रष्टाचार र अस्थिरता फैलियो – अध्यक्ष ओली

बाजुरा —नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिए लगत्तै देशमा भ्रष्टाचार, अराजक र अस्थिरता फैलिएको बताएका छन ।

एमालेको समृद्धि संकल्प यात्रा अन्तर्गत अछामको साँफेबगरमा आयोजित सन्देश सभामा बोल्दैे अध्यक्ष ओलीले भने अहिलेको गठबन्धन सरकार गुन्डाग्रदी र अपराधीलाई संरक्षण गर्ने बाटोमा लागेको अरोप लगाए । एमाले सरकारमा नहुँदा देशमा भ्रष्टाचार र तस्करी मौलाइरहे पनि सरकारले उल्टै गुन्डाग्रदीलाई संरक्षण गरिरहेको अध्यक्ष ओलीले टिप्पणी गरेका छन ।

देशलाई समृद्धिको बाटोमा लिएर देशमा शान्ति र विकास एमाले पार्टी बाहेक अरु कसैले गर्न नसक्ने दाबि गरेका छन । अछाम लगायतका दुर्गम जिल्लामा एमालेको सरकार हुँदा पनि थुप्रै पुर्वाधारहरुको विकास भएको र आगामी दिनहरुमा पनि लागि रहने अध्यक्ष ओलीले बताएका छन । यस क्षेत्रमा पनि एमालेको पालामा थुप्रै बाटा, अस्पताल लगायतका संरचना बनेको ओलीले बताए ।
त्यस्तै एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्राले देशका विभिन्न जिल्लाहरुका ऐतिहासिक तथा पर्यटकिय ठाउँको स्थलगत अनुगमन तथा विकासका सम्भावनाको खाजी गर्नका लागि पनि यो यात्रा सुरु गरिएको अध्यक्ष ओलीले बताए । हाम्रो संस्कृति, सभ्यता र चार्डपर्व के कस्ता भन्ने कुराको स्थलगत अनुगमन गर्दै विविधतालाई सहिष्णुता पर्वक एकतामा बदल्न पनि संकल्प यात्राले सहयोग गर्ने बताए ।

त्यस्तै अध्यक्ष ओलीले अन्य पार्टीमा अल्मलिएका एमालेका नेता तथा कार्यकर्तालाई एमालेमा आउन आग्रह गरेका छन । यस क्षेत्रका नागरिक हरुले भोग्नु परेका समस्यालाई एमालेले गम्भिरता पुर्वक लिएको र यस ठाउँको विकासका समस्यालाई सम्बोधन गर्न एमाले प्रतिबद्ध रहेको अध्यक्ष ओलीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार