बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रभु बैंक बाजुराद्धारा सत्यवादी माविमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन

प्रभु बैंक बाजुराद्धारा सत्यवादी माविमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन

  • शुक्रबार, मंसिर १५, २०८०
प्रभु बैंक बाजुराद्धारा सत्यवादी माविमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन

बाजुरा —प्रभु बैंक जिल्ला शाखा बाजुराले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । विगत देखि बाजुराका विभिन्न गाउँ तथा विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको प्रभु बैंकले सो कार्यक्रमलाई अहिले पनि निरन्तरता दिएको हो ।

No description available.

शुक्रबार बडिमालिका नगरपालिका २ भौनेराको सत्यवादी माविका बिद्यार्थीहरुलाई वित्तीय कारोबार तथा बैंकको बारेमा जानकारी दिन वित्तिय साक्षरता कार्यक्रम गरिएको प्रभु बैंक बाजुराले जनाएको छ । उक्त बिद्यालयको कक्षा ९ र १० का ५५ बढि छात्रछात्रलाई राखेर सो कार्यक्रम गरिएको प्रभु बैंक बाजुराका सहायक प्रबन्धक मेगराज शाहीले बताएका छन ।

अल्पकालीन र दिर्घकालीन वित्तीय लक्ष्य निर्धारण, उपयुक्त वित्तीय सेवाहरु छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने उदेश्यका साथ बिद्यालयहरुमा वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको उनले बताए । प्रभु बैंक बाजुरा शाखा प्रवन्धक जीवन कुमार सिंह सहीतको टोली गएर वित्तिय साक्षर बारे जानकारी गराइएको छ ।

No description available.

कार्यक्रममा  बिद्यार्थीहरुकाे वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउँने बताईएको छ । सहभागिहरुलाई वित्तीय बैंक साक्षरता सम्बन्धी प्रभु बैंक जिल्ला शाखा बाजुराका प्रवन्धक जीवन कुमार सिंह, सहायक प्रवन्धक मेगराज शाही लगायतले प्रशिक्षण गरेका थिए ।

यो भन्दा पहिला बाजुराका विभिन्न स्थानमा गएर विद्यार्थी, सहीतको सहभागितामा समय–समयमा वित्तीय सचेतनामुलक कार्यक्रम गर्दै आएको  प्रभु बैंक बाजुराले जनाएकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार