
काठमाडौं— कोप २८ सम्मेलनमा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन् ।
उनले नेपाली समुदायको हितमा भए गरेका कामकारबाहीको जानकारी लिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् । प्रधानमन्त्रीसहितको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको थियो ।


