सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित बैतडीको नेकपा एस एमालेमा समाहित

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित बैतडीको नेकपा एस एमालेमा समाहित

  • बिहिबार, मंसिर १४, २०८०
केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित बैतडीको नेकपा एस एमालेमा समाहित

बैतडी— नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्षलगायतका बैतडी नेकपा एस एमालेमा समाहित भएको छ ।

एमालेले सुरू गरेको झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीमा आयोजना आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन् ।

यस्तै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपमेयरमा निर्वाचित नेपाली काग्रेंस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।

पार्टीमा भित्रिएका नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर स्वागत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार