शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश ६
  • जुम्लाकाे तिला गाउँपालिकामा घर बनाउँदा नक्सा पास अनिवार्य

जुम्लाकाे तिला गाउँपालिकामा घर बनाउँदा नक्सा पास अनिवार्य

  • मङ्लबार, मंसिर १२, २०८०
जुम्लाकाे तिला गाउँपालिकामा घर बनाउँदा नक्सा पास अनिवार्य

जुम्ला —जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ।

गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गरेको हुनुपर्ने नियम ल्याएकाे हाे।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भिमा कँडेल बताइन्।

गाउँपालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रूपमा गाउँपालिकाबाट नक्सा पास गराएर मात्र निर्माण गर्न सबै वडालाई पालिकाले परिपत्र गरिसकेको छ।

नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने कँडेलले बताइन्।

चर्चामा

सम्बन्धित समाचार