शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • सुदूरपश्चिमविरुद्ध मधेशको फराकिलो जित, सेमिफाइनलका लागि पुलिसको खेल कुर्नुपर्ने

सुदूरपश्चिमविरुद्ध मधेशको फराकिलो जित, सेमिफाइनलका लागि पुलिसको खेल कुर्नुपर्ने

  • सोमवार, मंसिर ११, २०८०
सुदूरपश्चिमविरुद्ध मधेशको फराकिलो जित, सेमिफाइनलका लागि पुलिसको खेल कुर्नुपर्ने

काठमाडौं— मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरमा जारी प्रथप केपी ओली कप टी-२० क्रिकेटमा मेधश प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

समूह सी को खेलमा मधेशले सुदूरपश्चिमलाई ८ विकेटले हराएको छ । सुदूरले दिएको ५९ रनको सामान्य लक्ष्य मधेशले ४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि इमरान शेखले १७ तथा पवन सर्राफले नटआयट १४ रन जोड्दा अनिल साहले २५ रन थपे । कप्तान हरिशंकर साह शून्य रनमा आउट भए । बलिङतर्फ सुदूरका गजेन्द्र बोहराले २ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले १७ ओभरमा ५८ रन बनाउँदा अलआउट भयो । उसका लागि नरेन साउदले बनाएको १८ रन नै सर्वाधिक रह्यो । बलिङतर्फ मधेशका हरिशंकर शाहले ४ तथा रपेश सिंहले ३ विकेट लिए ।

पहिलो खेमा पुलिस क्लबसँग पराजित मधेशले सेमिफाइनलको सम्भावना जिवितै राखेको छ । अब भोलि हुने खेलमा पुलिसलाई सुदूरपशिचमले हराएमा मधेश सेमिफाइनलमा पुग्नेछ ।

चर्चामा

सम्बन्धित समाचार