सोमवार, फाल्गुन २१, २०८०
  • होमपेज
  • राजनीति
  • तीनकुनेमा एमालेका युवा–विद्यार्थीको प्रदर्शन

तीनकुनेमा एमालेका युवा–विद्यार्थीको प्रदर्शन

  • बिहिबार, मंसिर ७, २०८०
तीनकुनेमा एमालेका युवा–विद्यार्थीको प्रदर्शन

काठमाडौं —नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । एमालेले यो कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको छ ।

युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले निषेधाज्ञा घोषणा गरेकाले तिनकुनेमा प्रदर्शन गरेको हो । बिहीबार नै दुर्गा प्रसाईंको नेतृत्वको समूहले पनि काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार