बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के राजतन्त्र फर्किन्छ?

के राजतन्त्र फर्किन्छ?

  • बिहिबार, मंसिर ७, २०८०
के राजतन्त्र फर्किन्छ?

बनको बाघले खाला नखाला त्यो छुट्टैकुरा हो । तर मनको बाघले खानथाल्यो।सरकारले राजधानीमा निसेधज्ञा जारिगर्यो।राजधानीमा पाँच जनाभन्दा बढी जुट्न नपाइने।माइतीघर मण्डपमा सभा जुलुस आदि गर्न रोक पनि लगायो। अहिले देशभित्र प्रचण्डको नेतृत्वमा नेपाली काँग्रेस सहित गठबन्धनको सरकार छ।
यो त्यो सरकार हो जो ओलीले प्रतिगामी कदम चाले र बिदेशीहरूलाई भित्राउँन थाले। भनेर ओलीको प्रतिगामी कदम र साम्राज्यवादीहरूलाई रोक्न भनेर बनेको गठबन्धन सरकार। तर यो सरकार बनेपछि एम सीसी पारित गर्यो। र अहिले अमेरिकन साम्राज्यवादले एमसीसीको कार्य थालेको छ।देशभित्र बिदेशी हुल्नलाई नागरिकताको डिलर नै खोलिएको छ।छिमेकबाट बंशजको आधारमा उनिहरूका आश्रृतहरूलाई नागरिकता बांट्न सरकारले सकेसम्मको पर्यास गरेको छ।
आर्को तिर देशभित्र भारतिए रूपिंयाको अबमूल्यन। कुनैपनि बैंकले भारू साट्दैन बजारमा माइनस गरेर त्यसको बिक्रि गर्न नागरिक बाध्य भएकाछन्। यसको असर त्यो श्रमजिवि बर्गलाई परेको छ।जो छिमेकी मुलुक भारतमा गएर निमेक गर्छन्।वा त्यहाँबाट रिटार्ड भएर पिन्सिनमा घर धानेकाछन्।
त्यत्ती मात्र होइन सरकारको आयश्रोतमा गिरावट हुँदैआएको छ। भारतबाट आउँने तमाम बस्तु महंगा भयकाछन्।अहिले पेट्रोलको समेत देशमा हाहाकार छ।पेट्रोलियम पदार्थको मूल्यले आकास छोएकोछ देशको यस्तो कहालीलाग्दो अबस्थामा घायल देशका नागरिकहरू दुई ढुङ्गाका तरूल जस्तै बनेर बाँच्नु बाध्यछन्।
यो देशभित्र यो भन्दा पहिले यो भन्दा ठुलो राष्ट्रघाती भ्रष्टाचारी र वैइमानी सरकार आएको थिएन जस्तो लाग्न थाल्यो।बरू ठुला/ठुला तानाशाही र निरंकूश सरकार बनेकाथिए। अहिलेको अबस्था यस्तो घिनलाग्दो र भयभाव बनेको छ। राजा फर्किंन्छ भनेर गठबन्धन गरेकाहरू आज आफैले राजतन्त्र निम्ताउँने बाताबरण बनाउँदै आएकाछन्।
बिदेशीहरूको देशभित्र चल खेल रोक्न,एमसीसीको, र नागरिकताको बिरोधमा र प्रतिगमन रोक्न भनेर गरेको यिनै दलहरूको गठबन्धनले त्यो आफैले गरेको बिरोधलाई आफैले कार्यन्वयन गर्दै आएकाछन्। अन्तिममा राजालाई देशभित्र आर्को पटक फेरी निम्ताउँने चलखेल हुँदै आएकोछ।यही वास्तबिक कुरा हो।जो दलहरूको व्यबहारले प्रष्ट पार्दै आएको छ।
एकातिर राजतन्त्रको समर्थनमा छिमेकी र विस्व हिन्दू परिषदको अघोषित एकता हुँदैआएको छ।हिन्दू राज्य फर्काउँने बहानामा।आर्को तिर सरकारले गरेको भ्रष्टाचारीले राजतन्त्र फर्काउँने बाताबरण बनाउँदै आएको छ।र कम्युनिष्ट भनौदाहरू नै राजतन्त्रको वकालतमा तछाड मछाड गर्दै आएकाले।गणतन्त्रको भविस्यमाथी खतरा बनेको हामिले प्रष्ट देखिन्छ।
अहिले बिस्तारै राजतन्त्रको हावा देशभित्र एकप्रकारको प्रवाह(प्रेसर) लिनथालेको छ।राजा शक्तिसाली भएर भन्दापनि गठबन्दनको सरकार,विपक्ष दल वा दलहरूको मनोमानीले नै हो।राजा जो दाह्रा र नग्रा भाँचेर पिञ्जडामा थुनेको पूर्व राजा एकपटक फेरी आफ्नो पुजिसनमा देखिएकाछन्।यो बातावरण सिर्जित गराउँने श्रेय राजनीतिका ठुला ठुला दलहरू र तिनैका शिर्ष नेताहरूलाई जान्छ।
हुँन त देशभित्र बहुदलिय गणतान्त्रिक व्यबस्था धर्म निर्पक्ष जस्ता जनाधिकारबाट बिदेशी शक्ति पहिले देखुननै रिसाएको थियो। अत्तालिएको थियो।
खास गरेर भारतको बिजेपी र हिन्दू परिषदले सुरू देखिनै बिरोध गर्दै आएकाथिए।जसको सहयोगबाट राजतन्त्रलाई बल मिलिरहेकोथियो।तर देशभित्र जनताको राजतन्त्र प्रतिको आक्रोशले राजा चुपचाप थिए।तर अहिले देशका राजनीतिक दलहरूले गरेको भ्रष्टाचार,गुण्डागर्दी,महंगी लगायत राष्ट्रघाती र जनघाती कृयाकलापले राजा पक्षमा जनमत तैयार गर्दै आएको प्रष्ट हुन्छ।
गठबन्धनको सरकारले अहिले एकजना दुर्गा प्रसाईंको कार्यक्रम देखेरै यती अत्तालिंदै देशको राजधानीलाई पुलिस छाउँनेमा तबदिल गर्नथालेको छ।उसले अहिले राणाको साशन जस्तै राजधानीमा पाँच जना भन्दा बढी जुट्न नहुँने आदेश जारिगरेको छ।यो सम्भाबित राजाले मंसिरको सात गते राजतन्त्र फर्किन्छ भन्दै हिंडेको देखेर हुनसक्छ।
अहिले कुनै दीन् केपी ओलिको दायाँ हात मानिएका दुर्गा प्रसाईंले राजतन्त्र बिउँताउँने खेल घोषित रूपमा नै खेलिरहेकाछन्।मंसिरको सात गते देशको सत्ता नै परिवर्तन गर्छु भन्दै सरकारलाई चेलेञ्ज गर्दै हिंडेकाछन्।उन्को भनाई त एमालेको प्रमुख केपी ओलि स्वायमपनि राजावादी र हिन्दू धर्मलाई जोगाउँन अगाडी बढेकाछन् भनेका थिए।जब केपी ओलिलाई आफ्नो राजनीति क्यारियर नै समाप्त हुने खतरा प्रसाईंबाट देखेपछि बल्ल दुर्गा प्रसाइलाई पार्टीबाट निस्कासित गरेका थिए।
अहिले उनै दुर्गा प्रसाइले पुरै गणतन्त्रलाई चेलेञ्ज दिएका छन्। सरकारले आफ्नो वचावमा मात्र देशको जन स्वतन्त्रता माथी बन्देज लगाएर तमासा हेर्दै छ।राजतन्त्र फर्किए पनि यो देशमा उसको भबिस्य छैन्।यसबारेमा हामिले भनिरहनु नपर्ला तर गणतन्त्र ल्याउँन फेरी केही हजार नेपालीहरूको ज्यान जाने निश्चित छ।

चर्चामा

सम्बन्धित समाचार