सोमवार, फाल्गुन २१, २०८०
  • होमपेज
  • बजार
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

  • बिहिबार, मंसिर ७, २०८०
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । भने बुधबार ३०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । बुधबार तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँले घटेर ताेलाकाे १४ सय ४५ रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार