• होमपेज
  • समाचार
  • शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ

शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ

  • बिहिबार, मंसिर ७, २०८०
शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा जारी बहस हिजो पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत अभियुक्तहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

उनीहरूले उक्त आदेश अन्यायपूर्ण भएकाले आफूहरूलाई सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् ।

अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुर अन्तर्गतको मुद्दा लगाइएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार