मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे सदरमुकाम मार्तडीमा अटो दुर्घटना, ५ जना घाइते

बाजुराकाे सदरमुकाम मार्तडीमा अटो दुर्घटना, ५ जना घाइते

  • बुधबार, कार्तिक २९, २०८०
बाजुराकाे सदरमुकाम मार्तडीमा अटो दुर्घटना, ५ जना घाइते

बाजुरा– बाजुराकाे सदरमुकाम मार्तडीमा सुप प्र ०१००१ स ७४५२ नम्बरको अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । अटोमा सवार ६ जना मध्ये ५ जना घाइते भएको र ती मध्ये ३ को अवस्था सामान्य रहेको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिएका छन् । 

घाइते हुनेमा ३४ वर्षकी तुलसी कटुवाल, उनी छोरी १० वर्षकी सृष्टी कटुवाल, २४ वर्षकी राधीका बोहरा थापा, उनको छोरा आयुष बोहरा र १६ वर्षका विशाल कटुवाल रहेका छन् । 

ती मध्ये तुलसा कटुवाल र विशाल बडुवाल बाहेक अरुलाई सामान्य चोट मात्रै लागेको छ । कटुवालको निधार, दाँत र हातमा चोट लागेको छ । भने बडुवालको खुट्टा र ढाडमा चोट लागेको छ । 

घाइते पाँचै जनाको बाजुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अटोमा सवार सबैजना भाइटिकाका लागि माइतिघर जानेहरु नै थिए । मार्तडीदेखि जडागा तर्फजाँदै गर्दा बाजुरा जिल्ला अस्पतालको मोडमा अटो अनियन्त्रित भएर दुर्घटना भएको हो ।

रातभरिको अनिधोले चालक निदाएपछि अटो मोडमा मोडिन नपाउँदै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बताएका छन् । ऐरीका अनुसार विहान करिब १० बजेतिर अटो दुर्घटना भएको हो । अटो सडकको माथिल्लो मोडबाट तल्लो मोडसम्म करिब १५ मिटर तल खसेको छ । 

क्षमता भन्दा बढी यात्रु बोक्ने चालक उद्धव साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकसँग सवारी चालक अनुमति पत्र समेत नभएकोले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

चर्चामा

सम्बन्धित समाचार