शुक्रबार, माघ ११, २०८१
  • होमपेज
  • समाचार
  • डडेल्धुराबाट ११ जना जुवा खालबाट पक्राउ

डडेल्धुराबाट ११ जना जुवा खालबाट पक्राउ

  • मङ्लबार, कार्तिक २८, २०८०
डडेल्धुराबाट ११ जना जुवा खालबाट पक्राउ

डडेल्धुराबाट ११ जना जुवा खालबाट पक्राउ परेका छन्। सोमवार राति जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट जुवाडे पक्राउ परेका हुन्।

उनीहरूलाई सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएको बताएको छ। पक्राउ पर्नेमा डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मौरडाका ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन्।
त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दीपक विक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी नगरपालिका वडा नम्बर २ का ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दीपक भण्डारी रहेका छन्। उनीहरूको साथबाट २१ हजार ३ सय ७९, दुई गड्डी तास, रातो बुट्टेदार बिछौना १ थान समेत बरामद गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार