शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • महिला टी-२० शृङ्खला खेल्न नेपाली टोली हङकङ प्रस्थान

महिला टी-२० शृङ्खला खेल्न नेपाली टोली हङकङ प्रस्थान

  • आइतवार, कार्तिक २६, २०८०
महिला टी-२० शृङ्खला खेल्न नेपाली टोली हङकङ प्रस्थान

काठमाडौँ- हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि २० शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जानिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटीकाको दिन ताञ्जानियासँग खेल्नेछ ।

त्यसैगरी, नेपालले कात्तिक ३० मा आयोजक हङकङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन् । त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । उक्त शृङ्खलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् ।

चर्चामा

सम्बन्धित समाचार