आइतवार, असार १४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानन्यायाधीश लगायत सर्वोच्चका न्यायाधीशले भूकम्प पीडितलाई ७ दिनको तलब सहयोग गर्ने

प्रधानन्यायाधीश लगायत सर्वोच्चका न्यायाधीशले भूकम्प पीडितलाई ७ दिनको तलब सहयोग गर्ने

अदालतको तर्फबाट डेढ करोड सहयोगको घोषणा

  • बुधबार, कार्तिक २२, २०८०
सेयर गर्नुहोस् :
प्रधानन्यायाधीश लगायत सर्वोच्चका न्यायाधीशले भूकम्प पीडितलाई ७ दिनको तलब सहयोग गर्ने

काठमाडौँ — प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्चका न्यायाधीशले भूकम्पपीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन् । बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकले सो निर्णय गरेको हो ।

सर्वोच्चका सूचना गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठ लगायत न्यायाधीशहरुले भूकम्प पीडितका लागि सात दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

बैठकले उच्च अदालतका न्यायाधीशले ५ दिन र जिल्ला अदालतका न्यायाधीशहरुले ३ दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी अदालतका विशिष्ठ श्रेणीका कर्मचारीको ३ दिन, अधिकृतको २ दिन र अन्य कर्मचारीको १ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय भएको छ ।

सहप्रवक्ता घिमिरेका अनुसार तीनै तहका न्यायाधीशबाट करिब ३८ लाख र कर्मचारीको तर्फबाट करिब १ करोड १२ लाख गरी करिब डेढ करोड उपलब्ध गराउने निर्णय भएको छ ।

चर्चामा

सम्बन्धित समाचार