सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयम सेवक परिचालन गर्ने

भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयम सेवक परिचालन गर्ने

  • बुधबार, कार्तिक २२, २०८०
भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयम सेवक परिचालन गर्ने

काठमाडौं— नेकपा एमालेले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय बैठकले आगामी १ मंसिरदेखि स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार, एमाले स्वयमसेवकले पाँच हजार कार्य दिनमा एक करोड बढीको काम गर्नेछन् ।

स्वयम सेवक परिचालनको संयोजन कर्णाली प्रदेश कमिटीले गर्ने एमालेले निर्णय गरेको छ । बैठकले भूकम्प पीडितहरुका लागि संकलित राहत सामग्री प्रभावकारी वितरण गर्न सरकारसँग माग राखेको छ ।

‘राहत संकलन भएर प्रभावकारी वितरण नभएको, राजनीतिकरण भएको र त्यहाँ विपद् पर्यटन जस्तो देखिएकाले सरकारको गम्भीर गम्भीर ध्यानाकर्षण गराएका छौं’, ज्ञवालीले भने ।

चर्चामा

सम्बन्धित समाचार