शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य ५०० रुपैयाँ घट्यो

सुनको मूल्य ५०० रुपैयाँ घट्यो

  • सोमवार, कार्तिक १३, २०८०
सुनको मूल्य ५०० रुपैयाँ घट्यो

काठमाडौँ– लगातार उकालो लाग्दै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार