मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अतिक्रमण गर्दागर्दै हाम्रो देश नै सखाफ भयो

अतिक्रमण गर्दागर्दै हाम्रो देश नै सखाफ भयो

  • बिहिबार, कार्तिक ९, २०८०
अतिक्रमण गर्दागर्दै हाम्रो देश नै सखाफ भयो

अतिक्रमण गर्दागर्दै हाम्रो देश नै सखाफ भयो,
दलाल जन्मे देशका लुटेरा उनैको बाफ भयो।

गरिब देशको अनाडी सरकार भयोभने केहुन्छ,
निर्दोशको जमानत हुँन्न तर अपराध माफ भयो।

खुलेआम मान्छे मार्छ सम्विधान् , झण्डा पोल्छ,
आमा माफी दिन्छ र भन्छ देशमा इन्साफ भयो।

डामाडोल अर्थव्यबस्था छिमेकीले मौका कुर्दैछ,
सरकार भन्छ सङ्गियताले नै समस्या हाफ भयो।

खारेजगर सरकार यो दुश्मनको चाल हो देशमा,
सङ्घियता हाम्रो देशको माटोमा अफाफ भयो।

चर्चामा

सम्बन्धित समाचार