बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • पर्यटन
  • सुदूरपश्चिम आइपुगे करिब पाँच हजार विदेशी धार्मीक पर्यटक

सुदूरपश्चिम आइपुगे करिब पाँच हजार विदेशी धार्मीक पर्यटक

  • बुधबार, कार्तिक १, २०८०
सुदूरपश्चिम आइपुगे करिब पाँच हजार विदेशी धार्मीक पर्यटक

धनगढी– सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मीक स्थल भ्रमणमा करिब पाँच हजार विदेशी पर्यटक आइपुगेका छन्। त्रिपुरा सुन्दरी मन्दिर र मैलौली भगवती मन्दिर बैतडी, खप्तड क्षेत्र बझाङ, बाजुरा, अछाम, डोटी, परशुराम क्षेत्र डडेल्धुरा, मालिकार्जुन मन्दिर दार्चुला, शैलेश्वरी मन्दिर डोटी, उग्रतारा मन्दिर डडेल्धुरा, बेहडाबाबा मन्दिर धनगढी (कैलाली) र सिद्धबाबा मन्दिर महेन्द्रनगर (कञ्चनपुर) भ्रमणमा पाँच हजार विदेश पर्यटकले अबलोकन भ्रमण गरेका हुन्।

आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्म मात्र चार हजार ९ सय ८३ विदेशी धार्मीक पर्यटक सुदूरपश्चिम आइपुगेका हुन्। विभिन्न मन्दिर व्यवस्थापन तथा विकास समितिहरु, उग्रतारा क्षेत्र विकास समिति, परशुराम क्षेत्र विकास समिति, खप्तड राष्ट्रिय निकुञ्ज, (सेक्टर कार्यालय) झिंग्राना डोटी र नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार २०७४ सालमा एक हजार पाँच सय ५५ धार्मीक विदेश पर्यटक सुदूरपश्चिम आइपुगेका छन्।

२०७५ मा बढेर यो संख्या एक हजार ८ सय १७ पुगेको हो। त्यसयताका वर्ष भने विदेशी धार्मीक पर्यटक आगमनको संख्यामा निरन्तर गिरावट आएको छ। २०७६ मा चार सय १६, २०७७ मा तीन सय ५३ र २०७८ मा ८ सय ४२ विदेशी धार्मीक पर्यटक सुदूरपश्चिमका धार्मीक सम्पदाहरुको अवलोकन भ्रमण गरेको तथ्यांक छ। गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिनाको संख्या यसमा जोडिएको छैन्।
आन्तरिक धार्मीक पर्यटकको संख्या सबैभन्दा उच्च
सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मीक स्थलको भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या सबैभन्दा बढी देखिएको छ। ती धार्मीक स्थलमा आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्म १२ लाख ५८ हजार ८६ आन्तरिक धार्मीक पर्यटकले अवलोकन भ्रमण गरेको तथ्यांक छ। सुदूरपश्चिममा धार्मीक पर्यटकको संभावना उच्च देखिए पनि यसका लागि सरकारले आवश्यक योजना, बजेट, र विशेष प्याकेज लगायतका कार्यक्रम बनाउन सकेको छैन्।

सुदूरपश्चिममा आर्थिक वर्ष २०७४/७५ देखि धार्मीक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भइरहेकोमा कोभिड १९ महामारीको कारण भने आर्थिक वर्ष २०७६/७७ मा सो संख्या घटेको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ पछि अर्थतन्त्र चलायमान भएसँगै पर्यटकको संख्यामा क्रमिक रुपमा वृद्धि हुँदै गएको पाइएको छ। आर्थिक वर्ष २०७४/७५ मा उग्रतारा मन्दिर, परशुराम धाम मन्दिर, खप्तड क्षेत्रमा कुल तीन लाख ६४ हजार तीन सय ८६ पर्यटकहरुले भ्रमण गरेको देखिएको छ।

२०७५ यो संख्या कुल ४ लाख ३० हजार चार सय ७० पुगेका हो। २०७६ मा भने कोभिड महामारीका कारण सो संख्या उल्लेख्य रुपमा घटेर ८१ हजार एक सय ४६ मा सिमित बन्न पुगेको छ। साथै, २०७७ मा पनि महामारीकै कारण कुल ८२ हजार ३८ पर्यटकहरुले मात्र भ्रमण गरेको पाइएको छ भने २०७८ मा पुनः बढेर तीन लाख पाँच हजार २९ पर्यटकले भ्रमण गरेको तथ्यांक छ।

धार्मीक स्थलको भ्रमण गर्ने २६ देखि ३५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकहरुको संख्या सबैभन्दा बढी ३६ दशमलव ६७ प्रतिशत रहेको छ भने ५६ देखि ६५ र ६६ देखि ७६ वर्षभन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम ४ दशमलव ४४ प्रतिशत रहेको छ। त्यस्तै १६ देखि २५ वर्षभन्दा कम उमेर समूहका पर्यटक २३ दशमलव ३३ प्रतिशत रहेका छन्।
धार्मीक क्षेत्रको भ्रमण गर्नुको उद्देश्य
सुदूरपश्चिमका प्रमुख धार्मीक स्थलको सो अवधिसम्म भ्रमण गर्नेमध्ये ६६ दशमलव ६६ प्रतिशतले धार्मीक आस्था र भाकल पुरा गर्न, २४ दशमलव ४४ प्रतिशतले घुमघामसँगै मनोरञ्जन गर्न, ६ दशमलव ६७ प्रतिशतले धार्मीक कार्य (ब्रतबन्ध, पितृ कार्य, पूजापाठ विवाह आदि) र दुई दशमलव २२ प्रतिशतले अध्ययन र अनुसन्धानका लागि धार्मीक स्थल पुगेको समेत अध्ययनले देखाएको छ।
हेली टुरबाट ६ सय २० पर्यटक खप्तड पुगे
खप्तड एडभेन्चर्स टुर्स तथा खप्तड होमस्टे डोटीको रेकर्ड अनुसार हेली टुरमार्फत ६ सय २० पर्यटक खप्तड भ्रमणमा पुगेका छन्। २०७७ मा तीन सय ५०, २०७८ मा दुई सय ५० र २०७९ मा २० जना पर्यटक हेली टुरबाट खप्तडमा पुगेका हुन्। कोभिड महामारीको अन्त्यसँगै आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा आएको सो हेली टुर मार्फत खप्तड घुम्न जाने पर्यटकहरुको संख्यामा ह्रास आएको पाइएको छ।

चर्चामा

सम्बन्धित समाचार