सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • त्रिकोणात्मक टी-२० आई शृंखलाको ट्रफी सार्वजनिक

त्रिकोणात्मक टी-२० आई शृंखलाको ट्रफी सार्वजनिक

  • मङ्लबार, अशोज ३०, २०८०
त्रिकोणात्मक टी-२० आई शृंखलाको ट्रफी सार्वजनिक

काठमाडौं —नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक टी-२० आई शृंखलाको ट्रफी सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा सहभागी हुने हङकङ काठमाडौं नआइसकेका कारण नेपाल र यूएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको यो शृंखला भोलि बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ ।

काठमाडौंको मुलपानीमा हुने प्रतियोगिताको पहिलो खेल नेपाल र यूएईबीच हुने छ । कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।

आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

फाइनल खेल कात्तिक १० गते हुने छ । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुने छ ।

प्रतियोगिताका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

टी-२० आई विश्वकप क्रिकेट छनोटको तयारीका लागि क्यानले यो शृंखला आयोजना गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार