• होमपेज
  • खेलकुद
  • एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्ने

एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्ने

  • शनिबार, अशोज २७, २०८०
एकदिवसीय विश्वकप क्रिकेट : आज भारत र पाकिस्तान भिड्ने

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

पाकिस्तानका बाबर आजम र भारतका रोहित शर्माले कप्तानी सम्हालेको आजको खेल निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आन्तरिक राजनीतिको कारण यी दुई देशले एसिया कप र विश्वकप मात्रै खेल्दै आएका छन् । त्यसैको कारण विश्व क्रिकेटमा सबैभन्दा बढी लोकप्रियताका साथ हेरिन्छ ।

भारत र पाकिस्तानले यसअघिका दुई खेल जितेका छन् । भारतले अस्ट्रेलिया र अफगानिस्तानलाई हराएको छ भने पाकिस्तानले नेदरल्यान्ड्स र श्रीलंकालाई पराजित गरेको छ ।

भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार