मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

  • बिहिबार, अशोज २५, २०८०
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ ।

महासंघले बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ७०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो । आज १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँ कायम छ ।

चर्चामा

सम्बन्धित समाचार