बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • खप्तड छेडेदहका भुकम्प पिडित ३ सय बढि परिवारको बास खुल्ला चौरमा

खप्तड छेडेदहका भुकम्प पिडित ३ सय बढि परिवारको बास खुल्ला चौरमा

  • बुधबार, अशोज २४, २०८०
खप्तड छेडेदहका भुकम्प पिडित ३ सय बढि परिवारको बास खुल्ला चौरमा

टेक बहादुर बुढा, बाजुरा —असोज १६ गते दिउँसो बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पले खप्तड छेडेदह गाउँपालिकामा भौतिक रुपमा ठुलो क्षेति गरेको छ । भुकम्पका कारण गाउँपालिका भरि ३ सयबढि परिवारका घर पूर्ण रुपमा क्षेति भएका छन ।

अहिले भुकम्पबाट पिडितहरु कोहि चौरमा, कोहि सडकमा त्रिपाल टाँगेर खुल्ला आकाशमा रात काटिरहेको छन । भुकम्पले घर भत्काइ दिएपछि भुकम्प पिडितहरु घरवार बिहिन हुँदा खु्ल्ला आकाशमा रात बिताउन बाध्य भएका छन । भुकम्प गएको हप्तौदिन बितिसक्दा पनि आफूहरुले राम्रोसंग बस्न र खान नपाएको उनिहरुको दुखेसो छ । भुकम्पले बस्ने घर भत्काइ दिएपछि अहिले बिचल्ली भएको पिडितहरूले बताएका छन ।

भुकम्पबाट पिडित स्थानिय जंग धामीले भने भुकम्पले हाम्रो घर भत्काइ दिएपछि ६ जनाको परिवार पाल हालेर बाहिर चौरमा रात काटिरहेका छौ, सबै अन्नपात त्यहि राखेर बास बसिरहेका छौ उनले भने । भुकम्प गएको हप्तौ दिन बितिसक्दा पनि सरकारले उनिहरुको उचित व्यवस्थापन गर्ने नसकेको गुनासो गरेका छन । भुकम्पले घर भत्कायो, केहि अन्नपात पनि छापियो अब कहाँ बस्ने, के खाने भन्ने चिन्ताले मन पिरली रहेको अर्का स्थानिय दिपक रावतले बताए ।

यसरी भुकम्पबाट प्रभावित भएर कोहि रातभर बाहिरै जाग्राम बसिरहेका छन भने कोहि चौर तथा सडकमा त्रिपाल टाँगेर खुल्ला आकाशमा रात बिताइ रहँदा पनि सरकारले वास्ता नगरेको उनिहरुले गुनासो गरेका छन । राज्यको प्रमुख दायित्व आफ्ना नागरिकहरुको गासँ बासको व्यवस्था तथा सुरक्षा दिलाउनु हो तर यसमा राज्यले चासो नदिएको भुकम्प पडितिहरुको गुनासो छ । अहिले पिडित नागरिकहरुका लागि नजिकको सरकार स्थानिय तह भएपनि त्यति जिम्मेवार देखिदैन ।

भुकम्प गएको हप्तौ दिन बितिसक्दा पनि स्थानिय सरकारले नत उनिहरुलाई सुरक्षित ठाउँमा बस्ने व्यवस्था नै गरेको छ नत खानको व्यवस्था गरेको छ । भुकम्पले घर भत्काइ दिएपछि घरबार विहिन हुँदासमेत राज्यले चासो दिन सकिरहेको छैन । चुनावका बेला भोट माग्नका लागि घरदैलो गर्ने राजनितिक दल हुन या जनप्रतिनिधि कसैले पनि अहिलेसम्म उनिहरुको उचित व्यवस्थापन गर्न सकेका छैनन् ।

उक्त भुकम्पले बाजुरा जिल्लाभरि सबैभन्दा बढि खप्तड छेडेदह गाउँपालिकामा नै क्षेति गरेको तथ्यांकमा उल्लेख छ । भुकम्पबाट गाउँपालिकामा कुनै मानविय क्षति नभएपनि भौतिक रुपमा ठुलो क्षति बेहर्नु परेको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताए । उनले भने गाउँपालिकाका जनताहरु घरवार बिहिन भएका छन, रातभर चौरमा त्रिपाल टाँगेर खुल्ला आकाशमा रात बिताइरहेका छन, यसमा गाउँपालिका प्रतिबद्ध भएर लागिरहेको छ ।

भुकम्प पिडितहरुको राहत सामग्री, उचित व्यवस्थापनका लागि गाउँपालिकाको स्रोतले धान्न नसक्ने भन्दै राहतका लागि विभिन्न संघ संस्थाहरुमार्फत केहिलाई तत्कालका लागि राहत वितरण गरिसकेको र थप समन्वय सहकार्य भइरहेको अध्यक्ष रावतले बताए । गाउँपालिकाभर पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बाजुरा, युनिसेफ नेपाल, युनएपपीए लगायतका संघ संस्था र गाउँपालिकाको साझेदारीमा ४ सयबढि भुकम्प पिडित परिवारलाई राहत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

भुकम्पका कारण गाउँपालिकाका ७ वटै वडामा ३ सय ६१ घरहरु पूणर् रुपमा भत्किएका छन भने १ हजार ९ सय ७२ घर चिराचिरा परेर जोखिमपूणर् रहेका गाउँपालिका सुचना अधिकारी मिरा जोशीले बताइन् । त्यस्तै १ हजार ३ सय २५ घरहरुमा सामान्य क्षेति भएको छन भने एक बाख्रासमेत मरेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार