बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • खप्तड छेडेदहका भुकम्प पिडित परिवारलाई राहत सामग्री वितरण

खप्तड छेडेदहका भुकम्प पिडित परिवारलाई राहत सामग्री वितरण

  • मङ्लबार, अशोज २३, २०८०
खप्तड छेडेदहका भुकम्प पिडित परिवारलाई राहत सामग्री वितरण

बाजुरा — खप्तड छेडेदह गाउँपालिकामा भुकम्पबाट पिडित भएका परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गत असोज १६ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण पूणर्रुपमा घर भत्किएर त्रिपाल, चौर तथा सडकमा बसिरहेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

सोमबारबाट गाउँपालिकाका ७ वटै वडाका भुकम्प पिडितहरुलाई त्रिपाल, कम्मल, पानी खाने बोतल, सरसफाई किट लगायतका राहत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । भुकम्पका कारण पूणर्रुपमा घर भत्कीएर घरवार बिहिन भएका गाउँपालिकाका ७ वटै वडाका करिब ४ सयबढि परिवारलाई राहत वितरण गरेको सूचना अधिकारी मिरा जोशीले बताएकी छन ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा, युनिसेफ नेपाल लगायतका सस्था र गाउँपालिकाको साझेदारीमा भुकम्प पिडितहरुलाई राहत वितरण भइरहेको सूचना अधिकारी जोशीले बताइन् । सोमबार वडा नंः १ मा भुकम्पबाट प्रभावित भई चौरमा बस्दै आएका ४५ परिवारलाई राहत सामग्री वितरण गरिएको वडा अध्यक्ष विरबहादुर रावलले जानकारी दिएका छन ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा र गाउँपालिकाको साझेदारीमा भुकम्प पिडित परिवारलाई त्रिपाल, कम्मल, सरसफाई किट लगायतका सामान वितरण गरेको वडा अध्यक्ष रावलले बताए । त्यस्तै वडा नंः २ मा पनि भुकम्पबाट पिडित ३० परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा र ४० परिवारलाई वडाको आर्थिक सहयोगबाट विभिन्न राहत सामग्री वितरण गरिएको वडा अध्यक्ष भक्त बहादुर बुढाले बताएका छन ।

भुकम्पबाट पूणर् रुपमा घर भत्कि चौरमा पालि हालेर बस्दै आएका वडा नंः ३ का ४० परिवारलाई युनिसेफ नेपाल, नेपाल रेडक्रस सोसाइटी बाजुरा र वडा कार्यालयको साझेदारीमा राहत सामग्री वितरण गरेको वडा सदस्य मन बहादुर धामीले बताए । त्यस्तै भुकम्पबाट पिडित वडा नंः ४ मा ३८ परिवार, वडा नंः ५ मा करिब २ सयबढि परिवार, वडा नंः ६ मा ४४ परिवार र वडा न ७ मा २५ परिवारलाई त्रिपाल, कम्मल लगायतका राहत सामग्री पहिलाे चरणमा वितरण गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन ।

भुकम्पबाट गाउँपालिकामा मानविय क्षेति नभएपनि ठुलो मात्रामा भौतिक क्षेति भएको अध्यक्ष रावतले बताए । भुकम्पका कारण पूर्ण रुपमा घर भत्केका परिवारहरु त्रिपाल हालेर बाहिर सडक, चौर तथा खुल्ला आकाशमा रात बिताइरहेकाले तिनिहरुलाई राहत वितरण भइरहेको र थप विभिन्न संघ संस्थाहरुसंग समन्वय गरि राहत समाग्री उपलब्ध गराउने गाउँपालिका अध्यक्ष रावतले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार