मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • सुनको मूल्यमा एकैदिन १३०० रुपैयाँले गिरावट, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा एकैदिन १३०० रुपैयाँले गिरावट, कतिमा भइरहेको छ कारोबार ?

  • मङ्लबार, अशोज १६, २०८०
सुनको मूल्यमा एकैदिन १३०० रुपैयाँले गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९०० र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि उच्च अङ्कको गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

चर्चामा

सम्बन्धित समाचार