बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • सोमवार, अशोज १५, २०८०
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार, बुधबार, बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ क्रमशः प्रतितोला ४००, ८००, १४ सय, ८०० र ८०० रुपैयाँले घटेको थियो ।

यसअघि, आइतबार छापावाल सुन १ लाख ८ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १ हजार ८४४.०३ डलरमा र चाँदी प्रतिऔंस २१.८३ डलरमा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार