बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

  • आइतवार, अशोज १४, २०८०
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौं — सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ ।

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।

सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

पुरानै मूल्य कायम हुँदा ग्याँसको मूल्य प्रतिसिलिण्डर १९९५ रुपैयाँ हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार