बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश

माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश

  • आइतवार, अशोज १४, २०८०
माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– चीनको हाङझाउमा जारी १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । माल्दिभ्सलाई पराजित गरेसँगै नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

चर्चामा

सम्बन्धित समाचार