शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • फुटबल
  • १९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी

१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी

  • बिहिबार, अशोज ११, २०८०
१९औँ एसियाली खेलकुद : नेपाल र बङ्लादेशबीच बराबरी
फाइल फोटो

हाङझाउ– १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बङ्लादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४औँ मिनेटमा सविना खातुनले गोल गरिन् ।

समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २-० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८-० गोलअन्तरले पराजित भएको थियो ।

यस्तै बङ्लादेश पहिलो खेलमा जापानसित ८-० गोलअन्तरले तथा भियतनामसित ६-१ गोलअन्तरले पराजित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार