बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • सुर्खेतबाट हुम्ला जादै गरेको मिनि ट्रक बाजुरामा दुर्घटना, तिन जना घाइते

सुर्खेतबाट हुम्ला जादै गरेको मिनि ट्रक बाजुरामा दुर्घटना, तिन जना घाइते

  • आइतवार, अशोज ७, २०८०
सुर्खेतबाट हुम्ला जादै गरेको मिनि ट्रक बाजुरामा दुर्घटना, तिन जना घाइते

बाजु्रा — सुर्खेतबाट हुम्ला जादै गरेको मिनि ट्रक बाजुरामा दुर्घटना भएको छ । आइतबार सुर्खेतबाट खाद्यान्न बोकेर बाजुराकाे कर्णाली करिडाेर हुदै हुम्ला जादै गरेको मिनि ट्रक बाजुराको जगन्नाथ गाउँपालिका ३ बेर्मा बजार नजिकै दुर्घटना भएको हो ।

कर्णाली प्रदेश-०२-००१६ ख ०५५७ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तिन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले बडिमालिका खबरलाई जानकारी दिएको छ ।

घाइते हुनेमा ट्रक चालक दैलेख आठबिस नगरपालिका ४ का आन्दाजी ३५ बर्षका देविराम सिजापती, सहचालक सोहि जिल्लाको दुल्लु नगरपालिका २ का अन्दाजी १८ बर्षका अर्जुन विक र जाजरकोटको बिरेन्द्रनगर नगरपालिका १२ बस्ने अन्दाजी २२ बर्षका महन घर्तिमगर रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सह-चालक सहित अर्का एक जनाको अवस्था सामान्य भए पनि चालकको भने अवस्था गम्भीर रहेको बताइकाे छ ।

चालक देविराम सिजापतीको दाहिने खुट्टा भाचिएको र टाउँकोमा पनि गम्भिर चोट लागेको छ भने अन्य दुई जनाको टाउकोमा चोट लागेर घाइते भएका प्रहरीको भनाई रहेको छ । उक्त मिनि ट्रक सडकभन्दा करिब २।३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अहिले घाइतेहरुलाई बेर्मा बजारबाट उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार