बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आइतबार देशका यी स्थानमा हुने छ वर्षा

आइतबार देशका यी स्थानमा हुने छ वर्षा

  • आइतवार, अशोज ७, २०८०
आइतबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं — आइतबार कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती: कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार