शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • भिरबाट खसेको ढुंगा लागेर पाँच दिने सुत्केरी आमा छोरी घाईते

भिरबाट खसेको ढुंगा लागेर पाँच दिने सुत्केरी आमा छोरी घाईते

  • शनिबार, अशोज ६, २०८०
भिरबाट खसेको ढुंगा लागेर पाँच दिने सुत्केरी आमा छोरी घाईते

बाजुरा– बडिमालिका नगरपालिका २ भौनेरा नजिकै भिरबाट खसेको ढुंगा लागेर आमा छोरी घाईते भएका छन् । घाईते हुनेमा खप्तड छेडेदह गाउपालिका ६ की २४ बर्षिया सार्की र उनकी ५ दिने छोरी सक्त घाईते भएको बडिमालिका नगरपालिका नगरप्रमुख अमर खड्काले बताए ।
पाच दिने सुत्केरी महिला छोरी विरामी भएपछि जिल्ला अस्पतालमा उपचारको लागि आएको बुझिएको नगर प्रमुख खड्काले बताए । बडिमालिका नगरपालिका कार्यपालिका सदस्य धना विष्टले भिरबाट आमा छोरी घाईते अवस्थामा फेलापारे पछि नगरपालिकाले उद्धार गरेर जिल्ला अस्पताल पुगाएको थियो ।
जिल्ला अस्पतालमा उपचार सम्भब नभएपछि हिजो राति नै धनगढी रिफर गरिएको जिल्ला अस्पताल बाजुराले बताएको छ । धनगढीसम्म जिल्ला अस्पताल बाजुरा खप्तड छेडेदह गाउपालिका र  बडिमालिकाका नगरपालिकाले पहलमा उद्धार गरिएकाे छ । घाईते महिलाको टाउको र शरिरमा चोट लागेको अस्पतालले जानकारी दिएको छ ।
उनका श्रीमान जेठेछोराको उपचारको लागि भारत गएका छन् भने ५ दिनकी सुत्केरी महिला गाउले सासुनाता पर्ने महिलाको शहारामा छोरीको उपचारका लागि मार्तडी आउदै थिईन ।

चर्चामा

सम्बन्धित समाचार