मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • विद्यालय बन्द गरे कारबाही गर्ने गौमुल गाउँपालिकाको चेतावनी

विद्यालय बन्द गरे कारबाही गर्ने गौमुल गाउँपालिकाको चेतावनी

  • शुक्रबार, अशोज ५, २०८०
विद्यालय बन्द गरे कारबाही गर्ने गौमुल गाउँपालिकाको चेतावनी

बाजुरा– गौमुल गाउँपालिकाले विद्यालयल बन्द नगर्न निर्देशन दिएको छ । संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुन शंसोधन र एकीकरण गर्न बनेको विधेक विद्यालय शिक्षा ऐन २०८० को सन्दर्भलाई लिएर शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा केन्द्रीत भएपछि गाउँपालिकाले नियमित पठपाठन गर्न निर्देशन दिएको हो ।

शिक्षकहरुले विद्यार्थीको नियमित पठपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्द गर्नु राम्रो नभएको भन्दै गाउँपालिका भित्रका सबै विद्यालयलाई नियमित पठपाठन गर्न निर्देशन दिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् । आज गाउँपालिकाले एक प्रेस विज्ञप्ती निकालेर शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरु सम्बन्धीत निकायमा राख्न अधिकार सबैको भएकाले आफ्नो अधिकार खोज्दा अरुको अधिकारको हनहन भएको छ की छैन् भन्ने कुरा ख्याल गर्न आवश्यक रहेको विज्ञप्तीमा भनिएको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षण सिकाई नियमित गरी शिकाई उपलब्धीमा सुधार ल्याउन शिक्षकको दायित्व हुनुपर्नेमा झन बालबालिकाको सिकाईमा अवरोध ल्याउने खालको वातावरण सिर्जन गर्नु अथवा विद्यालय बन्द नै गर्नु स्वीकार्य नहुने उपाध्यक्ष थापाले बताएकी छन् । विद्यालय बन्द गरेर मात्र माग पूरा नहुँने र बालबालिकाको पढाई प्रभावित नहुने गरी शान्तिपूर्ण आन्दोलन सहीत आफ्ना माग राख्न निर्देशन दिएको छ । गाउँपालिका अन्र्तगत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतलाई विद्यालय बन्द हुने दिन बाहेक विद्यालयमा नियमित पठपाठन गर्न गाउँपालिकाले विज्ञप्ती मार्फत भनेको छ । विद्यालय कर्मचारीहरुमा गरेको उक्त निर्देशनको अवज्ञा गरी कानुन विपरीत विद्यालयमा पठपाठन अवरोध गरेको पाईएमा गौमु गाउँपाकिाले प्रचलित कानुन बमोजिम कारवाही गरिने विज्ञप्ती मार्फत जानकारी गराएको छ । गाउँपालिकाले विद्यालय सञ्चालन गर्न सम्पूर्ण अभिभावक तथा सरोकारवाल निकायका व्यक्तिहरुलाई सहयोग गर्न अपिल समेत गरेको छ । बाजुरामा पनि विद्यालय बन्द भएपछि बालबालिकको पढाई प्रभावित भएको छ । विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलन तर्फ केन्द्रीत भएपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय बन्द गरेर आफ्ना मागका लागि शिक्षक अन्दोलन तिर लागेपछि चौतर्फिक आलोचना समेत भएको छ ।

कतिपय व्यक्तिले शिक्षकको मागको समर्थन जनाएका छन् । भने कतिपयले त्यसको विरोध गरेका छन् । सामाजिक सञ्जाल लगायतका अन्य माध्यमबाट शिक्षकलाई कतिपय व्यक्तिहरुले बालबालिकाको अधिकार हनहन गरेको अरोप समेत लगाएका छन् । आफ्नो अधिकारहरु खोज्दा बालबालिकाको अधिकार हनहन गरेको आरोप सहीत अरुको अधिकारको ख्यालन गर्न आग्रह गरेका छन् ।

शिक्षकहरुले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने र सरकारी विद्यालयमा पढ्ने गरिब विपन्न परिवारका छोराछोरीको पठपाठन प्रभावित गरेको टिप्पणी गरेको छन् । आफै पढाउने विद्यालयको विश्वास नगरी निजी विद्यालयमा पढाउने शिक्षकहरु पनि अन्दोलनमा गएको कुरा आश्च्र्यजनक भएको बताएका छन् । शिक्षकहरुले आफ्ना छोराछोरीलाई पनि सरकारी विद्यालयमा लगाउनु पर्ने धेरैले बताउने गरेका छन् । छोराछोरी निजी विद्यालयमा पढाउने शिक्षकहरुले सामुदायिक विद्यालयमा पढाउन थाले मात्र शिक्षाको गुणस्तर केही मात्रामा सुधार हुने कतिपय व्यक्तिले धारणा राखेका छन् ।

आफ्ना हक अधिकार खोज्ने शिक्षकले यस्ता थुप्रै नियमको पालन गर्ने की नाई भन्ने प्रश्न सोध्ने गरेको छ । बाजुराका सामुदायिक विद्यालयको पढाईको गुणस्तरदेखि रिजल्ट भने त्यति सन्तोषजनक छैन् । बाजुरा जिल्लाका केही स्थानीय तहले भने शिक्षकलाई विद्यालय बन्द नगर्न निर्देशन दिएको छ ।

शिक्षकले नियमको पालन नगरे प्रचलित कानुन बमोजिम कारवाही समेत गर्ने उल्लेख गरिएको छ । पालिकाले विद्यालय बन्द गरेर बालबालिकाको पठपाठनमा बाधा पुर्याउने कुरा राम्रो नभएको बताएको छ । विद्यालयमा सदाझै आजभोली पनि नियमित पठपाठनको व्यवस्था मिलाउन सम्बन्धित निकायका व्यक्तिलाई सुझाव समेत दिएको छ ।

देशभरबाट आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौँ गएका छन् ।शिक्षकले १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत दरबन्दी र कक्षा ११ र १२ को दरबन्दी स्वीकृत गर्नुपर्ने लगायत लेखिएका प्ले कार्ड सहितप्रदर्शन गरेकाथिए । संसद्मा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिका मातहत राख्ने व्यवस्था गरेको प्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी आन्दोलनआह्वान गरेको हो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार