आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेलकुद
  • साफ यू-१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

साफ यू-१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

  • बिहिबार, अशोज ४, २०८०
साफ यू-१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौँ– राजधानीमा बिहीबारबाट सुरु साफ यू-१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् ।

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार