सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • एसियाड पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

एसियाड पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

  • बुधबार, अशोज ३, २०८०
एसियाड पुरुष भलिबलमा नेपालले आज इरानसँग खेल्दै

काठमाडौं — १९औं एसियन गेम्स (एसिडाड) अन्तर्गत मंगलबार चीनको हान्झाउमा सुरु भएको पुरुष भलिबलमा नेपालले आज एसियाकै बलियो टोली इरानसँग खेल्दैछ ।

पछिल्लो दुई संस्करणको एसियाडमा स्वर्ण जितेको इरानसँग खेल्नु नेपालको लागि ठूलो अवसर हुनेछ ।

समूह बी अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बहराइनविरुद्ध पहिलो सेट जितेपनि त्यसपछि लय कायम राख्न नसक्दा नेपाल ३-१ को सेटमा पराजित भएको थियो ।

पहिलो खेलमा पराजित भएको नेपालका लागि समूह चरण पार गर्न कठिन देखिन्छ । इरानसँग पराजित भएमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

यसपटक पुरुष भलिबलमा वरीयता छुट्याउनका लागि कुनै खेल नहुने भएकोले समूह चरणबाट बाहिरिने टोलीहरु सीधै घर फर्कनेछ ।

सहभागी १९ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

१९औं एसियाडको औपचारिक उद्घाटन समारोह सेप्टेम्बर २३ देखि सुरु हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु भइसकेका छन् ।

नेपालले भलिबलमा पुरुष र महिला दुवैमा सहभागिता जनाउनेछ भने फुटबलमा महिला र क्रिकेटमा पुरुष टोली मात्र सहभागी हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार